बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • सुन तस्करी काण्ड: गोरे भन्छन्, ‘हिरासतमै असुरक्षित छु’
फिचर न्युज 1

सुन तस्करी काण्ड: गोरे भन्छन्, ‘हिरासतमै असुरक्षित छु’

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १०, २०७५ | May 24, 2018

हुचर्चित साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका (गोरे) भनेर चिनिने चूडामणि उप्रेतीले आफू असुरक्षित रहेको भन्दै मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा रहने व्यवस्था मिलाउन अदालतसँग माग गरेको उनका कानुन व्यवसायीले बताएका छन्।

काठमाडाै । बुधवार जिल्ला अदालत मोरङमा बयानका क्रममा उनले गरेको माग अनुसार निवेदन दर्ता गरिएको बताइएको छ।
स्थानीय प्रशासनले भने उनको सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जनाएको छ। सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्यको हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका गोरेलाई

काठमाण्डूमा पक्राउ गरी मंगलवार जिल्ला अदालत मोरङमा हाजिर गराइएको थियो।
'धम्की'
कडा सुरक्षाबीच जिल्ला अदालत मोरङले उनीसँग बयान लिएको छ। बयान भने सकिएको छैन।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका २८ जना अभियुक्तहरूलाई राख्न मोरङ कारागारमा ठाउँ नपुगेको भन्दै मंगलवार र बुधवार त्यहीँ राखिएको थियो।
बयानका क्रममा उनले आफूमाथि असुरक्षाको धम्की आएकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा रहन चाहेको निवेदन दिएको उनका कानुन व्यवसायी यामबहादुर मगरले बताए।
मगरले भने, "म असुरक्षित छु त्यसैले मानवअधिकारवादी संघसंस्थाको निगरानीमा हिरासतमा रहन पाऊँ भनी त्यो निवेदन दर्ता भएको छ।"
तर त्यस्तो धम्की कसले दियो भनेर उनले खुलाएका छैनन्।
सुन तस्करी प्रकरणमा जोडिएका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै मृत्यु भएको विवरण यसअघि बाहिर आएका थिए।
जिल्ला प्रहरी कार्यालयमा सुरक्षित तरिकाले राख्नुपर्ने र अदालत ल्याउँदा लैजाँदा पनि सुरक्षाको प्रत्याभूति दिने तरिकाले सुरक्षा योजना बनाएरै उहाँको सुरक्षा दिइरहेका छौं। त्यसैले उहाँ डराउनुपर्ने अवस्था छैन ।
अनुसन्धान
उप्रेतीको तर्फबाट अदालतमा दर्ता गरिएको निवेदनको मागबारे सम्बन्धित निकायलाइ जानकारी गराइएको अदालत स्रोतले जनाएको छ।
स्थानीय प्रशासनले गोरेको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने, "जिल्ला प्रहरी कार्यालयमा सुरक्षित तरिकाले राख्नुपर्ने र अदालत ल्याउँदा लैजाँदा पनि सुरक्षाको प्रत्याभूति दिने तरिकाले सुरक्षा योजना बनाएरै उहाँको सुरक्षा दिइरहेका छौं। त्यसैले उहाँ डराउनुपर्ने अवस्था छैन।"
बुधवारको बयानमा उप्रेतीमाथि लगाइएका अभियोगबारे पढेर सुनाइएको र घटनाको पृष्ठभूमिबारे बयान लिइएको बताइएको छ।
उक्त प्रकरणमा एउटा सरकारी छानबिन समितिले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा उप्रेती र उनको समूहले केही वर्षयता पटकपटक गरी करिब १७ अर्ब मूल्यबराबरको ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भेटिएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय