काठमाडौँ । आँखामा लाग्ने खसरोग (ट्रकोमा) नेपालबाट निर्मूलल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१ औँ महासभाका अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई विश्व स्वास्थ्य संगठनका महानिर्देशकले रोग निर्मूलनको प्रमाणपत्र प्रदान गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको प्रति खुशी व्यक्त गर्नुभएको थियो