मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • केन्द्र सरकार मातहत अब २१ प्रतिशत कर्मचारीमात्र
फिचर न्युज 1

केन्द्र सरकार मातहत अब २१ प्रतिशत कर्मचारीमात्र

  • सिधा दृष्टी बुधबार, जेष्ठ ९, २०७५ | May 23, 2018

काठमाडौं । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशतमात्र रहने भएका छन् ।
तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशतमात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए ।
अहिले एक लाख १७ हजार दरबन्दी रहे पनि एक लाख ६ हजार कर्मचारी कार्यरत छन्


संघका प्राविधिक तहका कर्मचारी— इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उनले जानकारी दिए । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ ।
उनका अनुसार सबभन्दा थोरै प्रदेश सरकार मातहतमा कर्मचारी रहनेछन् ।
एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजारमात्र कर्मचारी रहने अनुमान गरिएको छ ।
यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।
यसैगरी, विभिन्न मन्त्रालयमा रहेका कर्मचारीलाई कटौती गरेर प्रदेश र स्थानीय तहमा पठाइने समेत सहसचिव अधिकारीले बताए । मन्त्रालयमा रहेका २१ देखि ५४ प्रतिशत कर्मचारी कटौती गरिएको छ । (रासस)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय