बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • राष्ट्रियसभा सदस्यमा १७ जना निर्विरोध, ३९ जना सांसद चुनावी मैदानमा
फिचर न्युज 1

राष्ट्रियसभा सदस्यमा १७ जना निर्विरोध, ३९ जना सांसद चुनावी मैदानमा

  • सिधा दृष्टी बुधबार, माघ १०, २०७४ | January 24, 2018

काठमाडौं । आगामी माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने माघ २४ गते मतदान हुनेछ ।
राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।
प्रदेश १ मा एमालेबाट नैनकला ओझा, कांग्रेसबाट सरिता प्रसाई, माओवादी केन्द्रबाट बिना पोखरेल, प्रदेश २ मा

कांग्रेसबाट मुक्ता कुमारी यादव, माओवादी केन्द्रबाट शशीकला दाहाल, संघीय समाजवादी फोरमबाट प्रमिला यादवले मनोनयन दर्ता गरेका छन् । प्रदेश ४ मा एमालेबाट शान्ति अधिकारी र दीपा गुरुङ, कांग्रेसबाट बृन्दा राना मगर, प्रदेश ५ मा एमालेबाट मीना बुढा र कोमल वली, कांग्रेसबाट अनिता देवकोटा, प्रदेश ७ बाट एमालेका कमला ओली र इन्दु कडेरीया विष्ट, कांग्रेसबाट तारा देवी भट्टले मात्र उम्मेदवारी दिएकाले उनीहरु स्वतह राष्ट्रिय सभा सदस्य हुनेछन् । त्यस्तै गरी प्रदेश नम्वर २ मा दलित कोटामा संघिय समाजवादी फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लाल निर्विरोध भएका छन् । प्रदेश ७ बाट भने खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् ।
तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरुलाई निर्विरोध भएको घोषणा नगरिने निर्वाचन कार्यालयले जनाएको छ । यसको प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।
‘निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छैन, हामी माघ १५ गतेमात्रै निर्विरोध भएको घोषणा गर्छौं’, एक निर्वाचन अधिकृतले भन्नु भयो ‘यो बीचमा कसैले उम्मदेवारी फिर्ता लिन सक्छ वा कसैको विरुद्धमा उजुरी पर्न र उम्मेदवारी खारेज हुन पनि सक्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय