बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • नेपाल र भारतबीचको युगौंदेखिको सम्बन्ध अझै बलियो ः राजदूत पुरी
फिचर न्युज 1

नेपाल र भारतबीचको युगौंदेखिको सम्बन्ध अझै बलियो ः राजदूत पुरी

  • सिधा दृष्टी मङ्लबार, माघ २, २०७४ | January 16, 2018

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र भारतीय राजदूत मञ्जिव सिंह पुरी विच भेटघाट भएको छ ।
मंगलबार उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।
राजदूत पुरीले नेपाल र भारतबीचको युगौंदेखिको सम्बन्ध साँस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे । उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति,

उपराष्ट्रपति, प्रधानमन्त्री, नेताहरु र भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।
उक्त भेटघाट कार्यक्रममा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको दाबी गरे । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वागत र सम्मान गर्ने बताउँदै उनले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको धारणा व्यक्त गरे ।
राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सीमित नरही जनस्तरसम्म जरा गाडेको बताए । प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको पनि उनले बताएका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय