प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा उम्मेद्वार डाक्टर आरजु राणा देउवाद्वारा गरिने छ । औपचारिक उद्घाटनलगत्तै पहिलो खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब काठमाडौंको ए डिभिजन क्लब च्यासल युथ क्लबसँग भिड्ने छ ।
धनगढी । नेपाली घरेलु फुटबलमा सबैभन्दा बढी राशी भएको प्रतियोगिता नेपाल आइस खप्तड गोल्डकप आजबाट शुरु हुँदै छ । आजको उद्घाटन खेलमा सुदुरपश्चिम ११ च्यासलको सामना गर्दै छ ।
मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए
। त्यस्तै दुईवटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा अहिले १५ सय दर्शक क्षमाताको नयाँ प्याराफिट पनि बनाइएको छ र दर्शकले सो प्याराफिटमा बसेर मजासँग खेलको आनन्द लिन सक्ने आयोजक क्लबका महासचिव प्रकाश शाहीले बताए ।
११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।
प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै टिकट काटेर खेल हेर्न आएका दर्शकहरुमध्ये गोलाप्रथामार्फत हरेक दिन मोबाइल उपहार पनि रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आइस ब्राण्ड रहेको छ भने सह प्रायोजक नेपाल टेलिकम र जगदम्बा पाइप रहेको छ