बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले काम सुरू गर्दै
फिचर न्युज 1

कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले काम सुरू गर्दै

  • सिधा दृष्टी शनिबार, पुस ८, २०७४ | December 23, 2017

कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको छ ।
७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव ग्रस्त भएको कालीकोट जिल्लामा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।
घटनाबारे छानविन

गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।
समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ । मृतक परिवारलार्इ सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ । कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय