बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रदेशसभाको समानुपतिक नतिजा आज घोषणा हुँदै
फिचर न्युज 1

प्रदेशसभाको समानुपतिक नतिजा आज घोषणा हुँदै

  • सिधा दृष्टी शुक्रबार, पुस ७, २०७४ | December 22, 2017

काठमाडौँ । राजनीतिक दलहरूले सातवटै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या अाज पाउने भएका छन् ।   निर्वाचन आयोगको बैठकले दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने तयारी भएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

निर्वाचन आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको टुङ्गो लागेको  बताए । पौड्यालले सातवटै प्रदेशमा कुनकुन राजनीतिक दलले डेढ (१.५) प्रतिशतभन्दा बढी मत प्राप्त गरे र कुनकुन दलले प्राप्त

गर्न सकेनन्, त्यसको विवरण पनि तयार भएको जानकारी दिए । प्रदेशसभामा डेढ प्रतिशत मतसीमा (थे्रसहोल्ड) भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाउने व्यवस्था छ ।
सचिव पौड्यालले सातवटै प्रदेशको समावेशी समूहअनुसारको विवरण तयार भई बिहान १० बजे बस्ने आयोगको बैठकमा प्रस्ताव पेस गरिने जानकारी गोरखापत्रलाई दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीतर्फका कर्मचारीहरू बिहीबार राति अबेरसम्म पनि दलहरूलाई पठाउने विवरणको तयारी गर्ने कार्यमा व्यस्त थिए ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार राजनीतिक दलहरूले सिट सङ्ख्या पाएको सात दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट विजयी हुने उम्मेदवारको विवरण आयोगमा बुझाउनुपर्नेछ । दलहरूले पठाएको उम्मेदवारहरूको विवरण समावेशी समूहअनुसार नभएमा आयोगले सच्चाएर ल्याउनका लागि थप तीन दिनको समय दिनसक्ने निर्देशिकामा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलहरूले प्राप्त गरेको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्पmबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् ।
निर्देशिकाअनुसार दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा एक दशमलव पाँच प्रतिशतभन्दा कम प्राप्त गर्ने दलको मत कुल मतमा गणना गरिनेछैन । दलले प्राप्त गर्ने सिट सङ्ख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने सङ्ख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकी सम्बन्धित दललाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रत्येक दलले मत परिणामका आधारमा प्राप्त गरेको सिट सङ्ख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिने जानकारी पनि आयोगले दिएको छ । प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार विजयी हुने व्यवस्था छ ।@gorkhapatra

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय