काठमाडाै । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २३ मा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा कम्तीमा २ जनाको ज्यान गएको छ।
ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि यकिन कारण प्रष्ट भएको छैन।
मृत्यु हुनेमा आगो नियन्त्रणका लागि गएको दमकलमा रहेका यादवप्रसाद अधिकारी र मधुसुदन मिश्र रहेको संघीय प्रहरी इकाइ नारायणीका एसएसपी सूर्य उपाध्यायले जनाएकाे छ ।
आगो नियन्त्रण गर्न गएको दमकलमा पनि आगो सल्किएपछि उनीहरुको मृत्यु भएको जनाइएको छ।
अवस्था
दमकलमै
भएका अन्य दुईजना घाइते भएर वीरगञ्जस्थित हेल्थ केअर हस्पिटलमा उपचारका लागि लगिएको बताइएको छ। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो टोली त्यहाँ पुगे पनि आगलागी फैलिरहेका कारण उनीहरु उद्योग नजिक पुग्न सकेका छैनन्।
यो समाचार तयार पारुञ्जेल आगो नियन्त्रणका लागि ४ वटा दमकल पुगिसकेको बताइएको छ।
विद्यालय बन्द
वरपर बाक्लो बस्ती रहेको उक्त क्षेत्रका मानिसहरुलाई प्रहरीले अन्यत्र सारिरहेको बताइएको छ।
भवानीपुर, सुखसैना, पटेलनगरलगायतका मानिसहरुलाई आगोको जोखिम बढेको भन्दै अन्यत्र सार्न लागिएको हो। उक्त उद्योगभित्र कतिजना कामदार थिए भन्ने यकिन भएको छैन।
उद्योग आसपासका विद्यालयहरु बन्द भएका छन्।