मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सम्पन्न
फिचर न्युज 1

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सम्पन्न

  • सिधा दृष्टी शनिबार, पुस १, २०७४ | December 16, 2017

काठमाडौं । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गरीे गत मंसिर १० र २१ गते मुलुकभर भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आउने क्रममा आएको हो । निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेकोले चा“डै नै ती दुई जिल्ल्लाको पनि मतपरिणाम आउने जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको

क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ६१ हजार २९५ मत ल्याएर पहिलो स्थानमा छ । नेपाली कांग्रेस ३१ लाख ११ हजार ६४३ मतसहित दोस्रो र नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छ ।
त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ४ लाख ७० हजार ४८६, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ र विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २८०, नया“ शक्ति पार्टी नेपाल ८१ हजार ४४६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका आयोगले पछिल्लो तथ्यांकमा उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय