मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अन्तर्राष्ट्रिय उसु रेफ्री फोरोगिफर सम्मानित
मुख्य खबर

अन्तर्राष्ट्रिय उसु रेफ्री फोरोगिफर सम्मानित

  • सिधा दृष्टी शनिबार, कार्तिक २५, २०७४ | November 11, 2017

काठमाडौं– इरानका अन्तर्राष्ट्रिय उसु रेफ्री कार्सा फोरोगिफरलाई मार्सल आर्ट अर्गनाइजेसन तथा नेपालका अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले सम्मान गरेका छन् ।
शनिबार बानेश्वरमा नेपाल मार्सल आर्ट अर्गनाइजेसन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले संयुक्त रुपमा रेफ्री फोरोगिफरलाई सम्मान तथा अभिनन्दन गरेका हुन् ।
उनले गत कात्तिक १५ देखि २४ गतेसम्म राष्ट्रिय उसु टिमका सान्सौतर्फका खेलाडीहरुलाई दसदिने प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा खेलाडीहरुको मनोबल बढाउन सफल इरानका अन्तर्राष्ट्रिय उसु रेफ्री कार्सा फोरोगिफरलाई मार्सल आर्ट अर्गनाइजेसन नेपालका तर्फबाट अध्यक्ष राजीव महर्जनले

सम्मानपत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुको तर्फबाट बद्री थापाले वीर गोर्खालीको शान भादगाउ“ले टोपी र खुकुरी दिई अभिनन्दन गरेका हुन् ।
उक्त कार्यक्रममा गत ६ असोजमा खाना पकाउने ग्यास लिक भई घर आगलागी भएका स्वयंसेवक उसु प्रशिक्षक शंकर भुजेललाई १ लाख ८६ हजार रुपैया“ नगद तथा चेकमार्फत मार्सल आर्ट अर्गनाइजेसनका सल्लाहकार तथा काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटीले हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडी, मार्सल आर्ट अर्गनाइजेसन नेपाल, प्राविधिक उसु कमिटी नेपाल, स्वयंसेवक उसु प्रशिक्षक, विभिन्न जिल्ला उसु संघ, स्वदेश तथा विदेशमा रहने उसु खेलाडहरु तथा उसु खेललाई माया गर्नेहरुबाट सहयोग संकलन गरी उसु प्रशिक्षक भुजेललाई सहयोग गरिएको थियो । कार्यक्रममा उसु प्रशिक्षक भुजेलले सहयोगप्रति आभार प्रकट गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय