मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पुज्डमोनद्वारा बेल्जियममा आत्मसमर्पण
समाचार

पुज्डमोनद्वारा बेल्जियममा आत्मसमर्पण

  • सिधा दृष्टी आइतवार, कार्तिक १९, २०७४ | November 5, 2017

सिन्ह्वा । बर्खास्त गरिएका क्याटोलनियाका नेता कारलस पुज्डमोनले बेल्जियमको प्रहरी समक्ष आफैलाई बुझाएको अधिकारीहरुले बताएका छन्।
केही दिनयता बेल्जियममा बसिरहेका उनीविरुद्ध स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो।
एक स्पेनी न्यायाधीशले विद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए।
क्याटलान सरकारका अन्य चार मन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन्।
बेल्जियम सरकारले उनीहरुलाई स्पेनी निकायलाई बुझाउने वा नबुझाउने भन्नेबारे प्रष्ट भइसकेको छैन।
उनीहरुलाई पक्राउ पुर्जीविरुद्ध अपील गर्ने अधिकार रहेको बताइएको छ।

त्यसबारे १५ दिनभित्र टुंगो लाग्ने र त्यसपछि मात्रै स्पेनलाई सुपुर्दगी गर्नेबारे प्रष्ट हुने बीबीसी संवाददाता ग्याभिन लीले बताए।
स्पेनबाट स्वतन्त्र भएको निर्णय गरेको भन्दै मड्रिडले क्याटालान सरकारका प्रमुख पुज्डमोनलाई बर्खास्त गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय