बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • त्रिशुलीमा बस खस्दा ३१ जनाको मृत्यु, १६ जना घाइते, बस नदीबाट निकालियो
फिचर न्युज 1

त्रिशुलीमा बस खस्दा ३१ जनाको मृत्यु, १६ जना घाइते, बस नदीबाट निकालियो

  • सिधा दृष्टी आइतवार, कार्तिक १२, २०७४ | October 29, 2017

धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको घाटवेशीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३१ पुगेको छ । मृतकहरुमध्ये पुरुष ११ जना, महिला ९ जना र ११ जना केटाकेटी रहेका छन् । मृतकहरुमध्ये २९ जनाको सनाखत भएको छ । राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका घाटबेसीस्थित त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा परेका १६ जनाको जिवितै उद्दार गरी बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । घुमाउरो सडक र तीव्र गतिका कारण बस नियन्त्रणभन्दा बाहिर गएको प्रारम्भिक

अनुमान छ ।
यसैबीच सरकारले धादिङमा भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सम्मिलित समिति गठन गरेको हो ।
सप्तरी/शोकाकुल परिवार
धादिङस्थित त्रिशुली नदीमा बस खस्दा सप्तरी जिल्लाका २० जना भन्दा बढीको मृत्यु भएपछि सिङ्गो जिल्ला नै शोकमा डुबेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर– १ तिलाठीका पंडित रमानाथ झाको एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उनका दुई छोराहरु, एक बुहारी र दुई नातीहरुको शव फेला परिसकेको छ भने ३ वर्षिय प्रतिकको शव हालसम्म फेला परेको छैन । उनीसँगै काठमाण्डौ हिडेका १८ वर्षिय सालो र काकी सासुको पनि सनाखत भईसकेको छ । २० वर्षिया साली पूजा झा अझैं वेपत्ता छिन् ।
यसैबीच हिजो त्रिशुली नदीमा बस खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आज एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय