काठमाडौं उपत्यकामा दशैं र तिहार जस्ता चाडपर्वमा आकाशिएको तरकारीको बजार मूल्य पछिल्लो समय केहि घटेको छ । पछिल्लो समय तरकारीको आयात बढेको र बजारमा मौसमी तरकारीहरु पनि भित्रिन थालेकोले मुल्य घटेको कालिमाटि फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दशैं र तिहार पर्वका बेला धेरै मनिसहरु उपत्यका बाहिर जादाँ तरकारीको आयात पनि घटेको थियो । समितिका अनुसार गोलभेडा, प्याज, बरेला, सिमि, काउली लगायतका तरकारीको बजार मूल्य अहिले घटेको छ ।
तरकारीको आयातमा सुधार भएपछि मौसमि तरकारीहरुको मुल्य केहि
घटेको भएपनि बेमौसमि तरकारीहरुको भाउ भने घटेको छैन । आलु लगाएत केहि तरकारीको भाउ भने नघटेको उपोभोक्ताहरुको गुनासो छ ।