बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • कांग्रेस र मधेशी दलबीच सिट बाँडफाँटबारे छलफल
फिचर न्युज 1

कांग्रेस र मधेशी दलबीच सिट बाँडफाँटबारे छलफल

  • सिधा दृष्टी बिहिबार, कार्तिक ९, २०७४ | October 26, 2017

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र मधेसवादी दलहरुबीच आसन्न निर्वाचनमा गरिने तालमेलका विषयमा छलफल भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र मधेशवादी दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भएको हो ।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा लोकतान्त्रिक गठबन्धन निर्माणका लागि गठन गरिएको ६ दलीय कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्लले छलफल सकारात्मक रुपले अघि बढेको बताए । ‘‘तालमेलका लागि कुरा अगाडि बढेको छ । भोलि फेरि छलफल गर्ने सहमति भएको छ,’’ उनले भने ।

बैठकमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटका बारेमा छलफल भएको बताइएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम आपसी तालमेलको गृहकार्यमा जुटेका कारण लोकतान्त्रिक गठबन्धन गठन प्रक्रियामा ढिलाइ भएको छ । राजपा र फोरमबीच तालमेलको सहमतिको गृहकार्यमा जुटेका कारण कांग्रेससँग तालमेलमा ढिलाइ भएको नेता शुक्लले बताए ।
प्रदेश नम्बर २ मा समाजवादी फोरमले प्रतिनिधि सभातर्फ १७ र प्रदेश सभातर्फ २२ तथा राजपाले प्रतिनिधि सभातर्फ १५ र प्रदेश सभातर्फ ३१ सीट लिने दुई दलबीच अनौचारिक सहमति भइसकेको छ । दुई दलले कांग्रेस बलियो अवस्थामा रहेको क्षेत्रमा राजपा–फोरमले संयुक्त रुपमा सघाउने र राजपा–फोरम बलियो अवस्थामा रहेको क्षेत्रमा कांग्रेसले सघाउनु पर्ने प्रस्ताव अघि सारेका छन् । @बाह्रखरी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय