मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ‘बागी’ उमेदवारी फिर्ता लिन एमालेको कडा निर्देशन, भविष्यमा कुनै जिम्मेवारी नदिइने
फिचर न्युज 1

‘बागी’ उमेदवारी फिर्ता लिन एमालेको कडा निर्देशन, भविष्यमा कुनै जिम्मेवारी नदिइने

  • सिधा दृष्टी सोमवार, कार्तिक ६, २०७४ | October 23, 2017

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिने आफ्ना कार्यकर्तालाई उमेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उमेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि बढ्न कार्यकर्तालाई चेतावनी दिएको हो ।
एमालेको केही दिनअघि बसेको पार्टी स्थायी कमिटीले तालमेल गर्दा अन्यायमा परेका नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो ।
कहाँकहाँ छ ‘बागी’ उमेदवारी ?
बझाङमा

एमालेबाट बागी उमेदवार परेको छ । भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा उदेवारी दिएका छन् । त्यस्तै आधिकारिक उमेदवार अर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उदेवारी दिएका छन् ।
जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् ।
एमालेको प्रभाव रहेको क्षेत्रमा माओवादी केन्द्रलाई उमेदवार बनाएको भन्दै शाहले बागी उमेदवारी दिएको बताएका छन् ।
त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उमेदवार खण्डा लामाविरुद्ध बागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।
के हुन्छ कारवाही ?
एमाले सचिव प्रदीप ज्ञवालीले बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको बताए । उनले निःशर्त उमेदवारी फिर्ता लिन पनि आग्रह गरे ।
“एकाध ठाउँमा मिस कम्युनिकेशन भएको हुनसक्छ,” उनले भने, “भोलिसम्म उहाँहरूले फिर्ता लिनुहुन्छ ।” उनले फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइनेसमेत प्रष्ट पारे ।
“कारवाही गर्नुपर्ने परिस्थिति आउँछजस्तो मलाई लाग्दैन,” उनले भने, “तालमेल गर्दा कसैलाई अन्याय भएको हुनसक्छ । तर, भोलिका दिनमा पार्टीले न्याय गर्छ ।
एमालेले यसअघि बागी विद्रोही उमेदवारी दिएका नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । @ बाह्रखरी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय