मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ओभरसिजमा अजय र आमिर भन्दा विजय अगाडि
मुख्य खबर

ओभरसिजमा अजय र आमिर भन्दा विजय अगाडि

  • सिधा दृष्टी आइतवार, कार्तिक ५, २०७४ | October 22, 2017

एजेन्सी । चलचित्र ‘बाहुवली २’ पछि बलिउडलाई भारतको प्रान्तिय चलचित्र उद्योगले दबाबमा राखेको छ । साउथका सुपरस्टारहरुलाई अहिले बलिउड चलचित्र रुचाउने दर्शकले पनि मन पराउन थालेका छन् । बलिउडका लागि, साउथ चलचित्र अहिले ठूलो चुनौती बनिरहेका छन् ।
तिहारको अवसर पारेर यो बर्ष बलिउडमा २ चलचित्र रिलिज भए । रोहित सेट्टीको निर्देशनमा तयार भएको चलचित्र ‘गोलमाल एगेन’ र आमिर खानको निर्माणमा तयार भएको चलचित्र ‘सिक्रेट सुपरस्टार’ यो साता रिलिज भएका थिए ।
यस्तै, साउथ बजारमा सुपरस्टार विजयको मुख्य

भूमिका रहेको चलचित्र ‘मेर्सल’ रिलिज भयो । बलिउडले कब्जा जमाउँदै आएको ओभरसिज बजारमा यसपटक भने विजयको साउथ चलचित्र हाबी भयो ।
बलिउड पण्डितहरुका अनुसार ओभरसिज बजारमा अजय र आमिरको चलचित्र भन्दा धेरै अगाडि विजयको चलचित्रको व्यापार छ । ‘मेर्सल’ वुधबारबाट रिलिज भएको हो भने ‘सिक्रेट सुपरस्टार’ बिहिबार र ‘गोलमाल एगेन’ शुक्रबारबाट रिलिज भएको हो । तर, साउथका सुपरस्टारको चलचित्रले ओभरसिज बजारमा बलिउडका सुपरस्टारहरुलाई नै चुनौती दिएका छन् । @अनलाइनखबर

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय