बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • आर्थिक समृद्धिको पहिलो ढोका पर्यटन–उपराष्ट्रपति
फिचर न्युज 1

आर्थिक समृद्धिको पहिलो ढोका पर्यटन–उपराष्ट्रपति

  • सिधा दृष्टी मङ्लबार, अशोज ३१, २०७४ | October 17, 2017

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ संविधानको निर्माणपछि संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउँदै प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताउनुभएको छ ।
गन्तव्य नेपाल न्युज डट कमको चौँथो वार्षिकोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सात दशक लामो संघर्षपछि जनताले आफूले परिकल्पना गरेजस्तो संविधान प्राप्त गरेको बताउनुभयो ।
उहाँले आर्थिक समृद्धिको पहिलो ढोका पर्यटन भएकाले पर्यटनको विकासमा पर्यटन व्यवसायी गम्भीर हुनुपर्ने औँल्याउनुभयो ।
ठूलाठूला भवन र औद्योगिक क्षेत्रको विकास मात्र देशको विकास होइन भन्दै

उपराष्ट्रपति पुनले थप्नुभयो, “पर्यटकले हाम्रो गाउँघरलाई नै आनन्दको अनुभूति गर्ने भएकाले गाउँलाई जस्ताको तस्तै राख्नुपर्छ, यसलाई भत्काएर ठूलाठूला भवन बनाउनु हुँदैन ।”
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले संघीय निर्वाचन तथा प्रान्तीय निर्वाचनमा वाम तथा लोकतान्त्रिक शक्तिको ध्रुवीकरण लामो समयसम्म जान सकेमा देशको विकास हुने बताए ।
नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहाल तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको ऐक्यबद्धता आवश्यक भएको बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले ‘टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०१७’ बाट पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेलाई प्रदान गरे ।
पर्यटन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ टेलिभिजनका संगम बानियाँ, शिखर पोष्ट मिडियाका प्रकाश खालिङ, पोइन्ट मिडियाका नवीन काफ्ले र फोटो पत्रकार जनार्दन अर्याललाई सम्मानित गरियो ।
पर्यटन व्यवसायी लोकप्रसाद दाहाल, अनिल लामा, चिरञ्जीवी भट्ट, राजेन्द्र अधिकारी, गीता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरि अधिकारी, राजन थापा र मोतिराम ढकाललाई सम्मानित गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय