सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहनेः अध्यक्ष यादव
फिचर न्युज 1

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहनेः अध्यक्ष यादव

  • सिधा दृष्टी शुक्रबार, भदौ १६, २०७४ | September 1, 2017

महोत्तरी । मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको हो ।

अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताउनुभयो । एक अर्को प्रशंगमा उहाँले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित

हुनैसक्दैन भन्नुभयो ।

त्यस अबसरमा नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करिव पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले उनीहरुलाई स्वागत गर्नुभएको थियो । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय