बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबार सुरु हुँदै, तयारी पूरा
खेलकुद

युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबार सुरु हुँदै, तयारी पूरा

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७४ | July 20, 2017

काठमाडौं । नेपालमा पहिलो पटक हुन् लागेको अन्तर्रा्ष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिता ‘युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप’ अन्तर्गत भोलिबाट(शुक्रबार) सुरु हुँदै छ ।

साउथ एशिया, इष्ट एशिया, मिडल इष्ट एशिया, सेन्ट्रल एशियाबाट कुल ३४ राष्ट्रले सहभागिता जनाउने च्याम्पियनसिप ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल प्रशिक्षण एण्ड स्पोर्ट्स कम्प्लेक्समा सुरु हुने छ । च्याम्पियनसिप अन्तर्गत आयोजना हुने १९ औं एसियाली युथ,२४ औं एसियाली जुनियर महिला तथा ३१ औं एसियाली पुरुष जुनियर भारोत्तोलन च्याम्पियनसिप नेपालमा पहिलोपटक हुन् लागेको हो । नेपालमा यसअघि भारोत्तोलनको यो

भन्दा ठुलो प्रतियोगिता भएको थिएन् ।

च्याम्पियनसिपमा महिला र पुरुष दुवै स्पर्धामा १३ देखि १७ बर्ष उमेरसमुहका युथ र १५ देखि २० बर्ष समुहका जुनियर खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको महिला युथतर्फ ४४,४८,५३,५८,६३,६९,७५ केजी र ७५ केजीमाथि  तौल समुहमा प्रतिस्पर्धा हुँदा महिला जुनियरतर्फ ४८,५३,५८,६३,६९,७५,९० केजी र ९० केजी तौलमाथि प्रतिस्पर्धा हुनेछ  ।  यस्तै पुरुषको युथमा ५०,५६,६२,६९,७७,८५,९४ केजी र ९४ केजी माथी तौल समुहमा प्रतिस्पर्धा रहदा पुरुष जुनियरमा ५६,६२,६९,७७,८५,९४,१०५ केजी तौल र १०५ केजी माथि तौल समुहमा प्रतिस्पर्धा हुनेछन् ।

च्याम्पियनसिपमा १९७ पुरुष र ११० महिला गरी कुल ३०७ जना खेलाडीको सहभागिता रहनेछ । आयोजक नेपालबाट भने ९ पुरुष र ४ महिला गरी १३ खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपमा महिला र पुरुषतर्फ समान १४४ गरी २८८ पदकको लागि प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषको युथ र जुनियर दुबै स्पर्धामा समान २४–२४ स्वर्ण, रजत र कास्य पदक गरि कुल ७२  पदक लागि प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा कुल १ करोड ७५ लाख ९६ हजार खर्च लाग्ने संघले जानकारी दिएको छ । च्याम्पियनसिपमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको खाने, बस्ने व्यवस्था संघले गर्ने जानकारी दिए । च्याम्पियनसिपको लागि विश्व भारोत्तोलन महासंघले करिब २ करोड बराबरको सामग्री नेपाललाई सहयोग गरेको छ ।

यसैबीच आयोजक नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसीपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भारोत्तोलन संघका अध्यक्ष  रतन कुमार टण्डनले च्याम्पियनसिपका लागि अधिकांस खेलाडी आइसकेको र प्रतियोगिता आयोजना स्थलको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । यस्तै अध्यक्ष टण्डनले च्याम्पियनसिप आयोजना गर्न कुनै कसुर बाँकी नराखेको भन्दै यो प्रतियोगिताले भविष्यमा विश्व स्तरीय भारोत्तोलन खेल आयोजना गर्न नेपाललाई अर्को अवसर हुने बताए । बाह्रखरी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय