बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • घनमायाको ‘आगनिको डिलैमा….’ सार्वजनिक
मनोरञ्जन

घनमायाको ‘आगनिको डिलैमा….’ सार्वजनिक

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७४ | July 20, 2017

काठमाडौं– गायिका घनमाया रानाले हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा  मौलीक गीत श्रोता तथा दर्शकमाझ मौलीकता बोकेको तीज गीत तीज गीत ‘आगनिको डिलैमा....’ ल्याएकी छन् । विकृतका शब्दहरुमा तीजका गीतहरु आइरहेका बेलामा घनमायाले सा“चिकै मौलीकता बोकेको गीत निर्माण गरेकी छन् ।
पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा संगीतकार सन्तोष श्रेष्ठले सुमधुर संगीत भरेका छन् । पछिल्लो समयमा तीजका गीतहरु छाडा हुँदै गएको अवस्थामा यस गीतले हरेकको मन छुनेमा संगीतकार श्रेष्ठ विश्वस्त छन् । निर्माता जीवन केसीले तीज

विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफूले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताएका छन् ।

 

गायिका घनमायाले पनि तीजको मौलीक गीत आपूmले गाउन पाएकोमा खुशी ब्यक्त गर्दै भनिन्, ‘हामी संगीतकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन रहने छ ।’ गीतको म्युजिक भिडियोलाई सरल रुपमा निर्माण गरिएको छ ।

 

जसलाई गोपाल थापाले निर्देशन गरेका छन् । गीतमा रिना थापा र मिठ्ठु आलेको शसक्त अभिनय रहेको छ । भिडियोलाई देवराज आचार्यको छायांकन गरेका छन् भने मनोज कार्कीको सम्पादन गरेका छन् । उक्त गीतलाई गोल्डेन क्रियशनको प्रस्तुत गरेको हो भने बजार व्यबस्थापन पनि गोल्डेन क्रियशनले नै गरेको छ ।
https://www.youtube.com/watch?v=RHxrzjtTfs8

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय