भूमिराज जोशी
दिपायल । चालु आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम मिति नजिकिदै जा“दा डोटीमा ४० प्रतिशत बजेट फ्रिज जाने सम्भावना देखिएको छ ।
पुजि“गत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीका कोष नियन्त्रक ईश्वर प्रसाद श्रेष्ठले जानकारी दिए । जिल्लाका लागि आएको कुल बजेट मध्ये पु“जिगतको मात्रै ६९ करोड ७१ लाख रुपैया“ बजेट खर्च हुन बा“की छ भने चालुतर्फ ६६ करोड ३६ लाख ५ हजार रुपैया“ खर्च हुन बा“की देखिएको कोष
नियन्त्रक श्रेष्ठले बताए ।
यस आर्थिक वर्षका लागि राज्यले डोटीका लागि मात्र चालु र पू“जिगत गरी ५ अर्ब ७३ करोड २५ लाख रुपैया“ विनियोजन गरेको थियो । जसमध्ये चालु र पू“जिगत तर्फको खर्च गरी ४ अर्ब ३७ करोड १७ लाख ७५ हजार खर्च भएको छ भने एक अर्ब ३६ करोड ७ लाख ५ हजार खर्च हुन बा“की रहेको छ । जिल्लामा चालुतर्फ ४ अर्ब १७ करोड ४ लाख ८७ हजार रुपैया“ बजेट विनियोजन भएकोमा असार सकिनै लाग्दासम्म जम्मा ८४ प्रतिशत अर्थात ३ अर्ब ५० करोड ६८ लाख ८१ हजार रुपैया“ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ ।
त्यस्तै, पू“जिगत तर्फ १ अर्ब ५६ करोड २० लाख २२ हजार रुपैया“ बजेट विनियोजन भएकोमा असार मसान्त सकिनै लाग्दा पनि ५५ प्रतिशत अर्थात ८६ करोड ४८ लाख ९४ हजार रुपैया“ मात्रै निकासा भएको हो ।
गत आर्थिक वर्षमा मात्रै पुजि“गत तर्फको विकासे बजेट खर्च हुन नसक्दा १० प्रतिशत फ्रिज भएको थियो । तर यसवर्ष भने गत बर्ष भन्दा झण्डै चौबल रकम फ्रिज जाने तथ्यांकले देखाउ“छ ।
चालु आर्थिक बर्षमा आएका बिकासे बजेट मध्ये सि“चाई बिकास डिभिजन कार्यालयका लागि कुल १३ करोड ९१ लाख ५० हजार बजेट मध्ये १२ करोड ९ लाख ५० हजार खर्च भएको छ । त्यस्तै डिभिजन सडक कार्यालयका लागि आएको कुल २८ करोड २३ लाख बजेट मध्ये १७ करोड ७६ लाख खर्च भएको छ । यस्तै बृहत बिकासे योजनाका लागि सहरी बिकास तथा भबन निर्माण डिभिजन कार्यालयको लागि ३८ करोड २४ लाख बजेट बिनियोजित भएको छ जसमा १५ करोड ६५ लाख ९० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले देखाएको छ ।
यस्तै चालु बजेटका लागि समेत डोटी जिल्लामा थुप्रै कार्यालयहरुले आफ्ना योजनाहरुलाई तिब्रता नदि“दा ठुलो मात्रामा बिकासे बजेट फ्रिज जाने चिन्ता बढेको शिखर नगरपालिका ४ का स्थानीय राज प्रसाद जोशीले बताए ।
तुलनात्मक रुपमा डोटी जिल्लाको धेरै जसो कार्यालयहरुले विकासे बजेट अर्थात पुजिगत खर्च गर्न सकेका छैनन् जसले गर्दा यसवर्ष अझै धेरै रकम फ्रिज भएर जाने देखिन्छ । नेपाल सरकारले यस आर्थिक वर्षमा विकासे बजेट ८० प्रतिशतसम्म खर्च गर्ने योजना बनाए पनि पहाडी जिल्लाहरुमा भने बढी जसो रकम फ्रिज जाने गरेको छ ।