काठमाडौं -स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको निर्वाचनमा सबै भन्दा बढी बाजुरा जिल्लामा खसेको छ ।
बाजुरामा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा कम मत भोजपुर जिल्लामा खसेको छ । आयोगले दिएको जानकारीअनुसार भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।
तीन वटै प्रदेशबाट भने ७० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए । निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको र खसेको मत प्रतिशत अझै बढ्न सक्ने
प्रमुख आयुक्त यादवले बताए ।
बुधबार सम्पन्न मतदानको रातीबाट नै गणना शुरु गरिने र पहिलो चरणमा भन्दा तीब्र मतगणना गरिने पनि आयोगले जनाएको छ ।
मतगणनाका क्रममा कुनै पनि घटना हुन नपाओस् भनी सावधानी अपनाउन र आवश्यक जनशक्तिका लागि मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको पनि प्रमुख आयुक्त यादवले जानकारी दिए । मतगणनास्थलमा भौतिक सुविधा र सुरक्षा आवश्यकताअनुसार गर्न निर्देशन दिइएको उनले बताए ।