काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको ३ बजेसम्म करिब ६२ प्रतिशत मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार धनकुटा र रुकुममा ७० प्रतिशत निर्वाचन सम्पन्न भएको र अन्य सबै जिल्लामा ६० प्रतिशतमाथि मतदान सम्पन्न भएको छ ।
विहान ७ बजे शुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।