कैलाली । स्थानिय तह दोश्रो चरणको निर्वाचनको सुरक्षाको लागि भन्दै कैलालीका सिमानाका बन्द गरिएका छन् ।
कैलालीको त्रिनगर नाका, टीकापुरको खक्रौला नाका र भजनीको लालबोझी नाकाहरु ४८ घन्टाका लागि बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
उनले सिमानाका बन्द गरिए पनि भारतबाट मतहाल्न नेपाल फर्कनेहरु र औषधि उपचारका लागि भारत जानेहरुका लागि भने नाका बन्द नरहेको बताए ।
गत शुक्रबार नेपाल भारत सिमा बैठकले चुनावका लागि भन्दै ४८ घन्टा सिमानाका बन्द गर्ने निर्णय
गरेका थिए । अनलाइनखबर