काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकल काठमाडौं–निजगढ द्रुतमार्ग (फाष्ट ट्राक) निर्माणका लागि कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं–निजगढ (फाष्ट ट्राक) द्रुतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो ।
द्रुतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी प्रचण्ड नेतृत्वको सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई जिम्मा
दिइएको थियो ।
मन्त्रिपरिषद बैठकले एशीयाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्विकृति पनि दिएको छ । अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल बनाइएको छ ।
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई र विशेष अदालतको सदस्यमा न्यायाधीश बाबुराम रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।