मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना: गृहमन्त्री शर्मा
फिचर न्युज 1

संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना: गृहमन्त्री शर्मा

  • सिधा दृष्टी बुधबार, असार ७, २०७४ | June 21, 2017

चितवन | गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनको भरतपुरमा आयोजित १७३ औं समुहको प्रहरी सहायक निरीक्षक (असई)को पासआउट समरोहलाई संवोधन प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडी बढाउने बताएका छन् ।

‘संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्वीकार्य हुँदैन’ मन्त्री शर्माले भने, ‘सिपाही वा प्रहरी महानिरीक्षक सवै राष्ट्रप्रती ईमान्दार हुनुपर्छ ।’
मन्त्री शर्माले प्रहरीसंगठन भित्र गुटबन्दी गरेमा कारवाही गरिने चेतावनी

दिएका छन् । उनले भने ‘गुटबन्दी गरे कारवाही हुन्छ’, ‘सिपाहीले पनी ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’

प्रहरीको बर्दि राज्यको गौरव भएको उल्लेख गर्दै बर्दिभित्र जनताको ठुलो आकांक्षा र मनोभावना रहेको मन्त्रि शर्माले बताए ।

बुधबार पासआउट भएका १५० जना प्रहरी सहायक निरीक्षकहरुलाई कानुनको रक्षाका लागी बर्दिको सदुपयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले भने, ‘अब प्रहरीमा वृत्ति विकासको खडेरी ब्यहोर्नुपर्दैन, वृत्ति विकासको ढोका खोल्ने प्रविद्धता ब्यक्त गर्दछु ।’

मन्त्रि शर्माले तालिमका दौरानमा विभीन्न विधामा उत्कृष्ट भएका १७३ औं समुहका जुनियर प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका छन् । कठिन तालित पुरा गरेर कार्यक्षेत्रमा खटिन लागेका जुनियर प्रहरी अधिकृतहरुलाई बधाई दिँदै मन्त्री शर्माले कुशलतापुर्वक आफुलाई तोकिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय