बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, नवलपरासी घट्नाबारे ध्यानाकर्षण
फिचर न्युज 1

प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, नवलपरासी घट्नाबारे ध्यानाकर्षण

  • सिधा दृष्टी बुधबार, असार ७, २०७४ | June 21, 2017

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नवलपरासी घट्नाबारे ध्यानाकर्षण गराएका छन् ।

बुधबार मन्त्रि परिषदको कार्यालय सिंहदरबार पुगेर राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अनिल झालले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

भेटमा राजपा नेताहरुले नवलपरासीमा आफूहरुको सभा भइरहेको बेला प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको साथै तराई मधेसका जिल्लाहरुमा सुरक्षाकर्मीहरुबाट आफ्ना नेता कार्यकर्ता माथि छापा मारेको तथा मुद्दा चलाएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘प्रधानमन्त्रीले नहुनु

पर्ने घटना भयो, के भएको रहेछ म बुझ्छु भनेका छन् ।’ भन्ने प्रतिक्रिया दिएको राजपा नेता झाले बताए ।

हालै मात्र नवलपरासीमा राजपाको शीर्ष नेताहरु सहभागी भएको आमसभामा सहभागीहरु तोडफोडमा उत्रिएपछि प्रहरीले रबरको गोली चलाएको थियो । त्यसक्रममा राजपाका तीन कार्यकर्ता घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय