काठमाडौं । चालु आर्थिक वर्ष ०७३/०७४ सकिन अब १ मात्र बाँकी रहँदा सरकारले ५७.६४ प्रतिशत मात्र खर्च गरेको छ ।
चालु आवमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा हाल ६ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ मात्र खर्च गरेको छ । अझै ४ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गर्न बाँकी छ । यो कुल बजेटको झण्डै ४३ प्रतिशत हो ।
हालसम्म चालुतर्फ कु्ल विनियोजन भएको मध्ये ६८.८५ अर्थात ४ खर्ब २४ अर्ब
९२ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा सरकारले ६ खर्ब १७ अर्ब १६ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन गरेको थियो । यस्तै पुँजीगत खर्च ज्यादै न्युन रहेको छ । आव सकिन अब १ महिना मात्र बाँकी रहदा पुँजीगत खर्च ३८.५४ प्रतिशत अर्थात १ खर्ब २० अर्ब २१ करोड रुपैयाँ मात्र भएको छ । चालु आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चको अवस्था नाजुक देखिएको छ ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ झण्डै आधा खर्च भएको छ । यस शीर्षकमा ५९ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ ।
खर्च गर्न नसकेपछि अझै राज्यको ढुकुटीमा २ खर्ब ४५ अर्ब रुपैयाँ वचत छ । खर्च हुन नसक्दा अझै पनि ठुलो रकम राष्ट्र बैंकमा वचत रहन पुगेको छ । खर्च हुन नसक्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी कम भएर बैंकको लगानी खुम्चिएको छ । यसले मुलुकको अर्थतन्त्र वृद्धिलाई संकुचन गर्ने सम्भावना त्यत्तिकै छ । अझै पनि बैंकहरुले पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) मात्र कायम गरिरहेका छन् । चालु आवमा करिव ९० प्रतिशत अर्थात ९ खर्ब ३५ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरेको छ ।
सरकारले खर्च बढाउन विभिन्न योजना सार्वजनिक गरिसक्दा पनि बढाउन सकेको छैन् । यस्तै पुँजीगत खर्च २ खर्ब ८० अर्ब हुने अनुमान गरेको छ । अझै ६० अर्ब रुपैयाँ बढी पुँजीगत खर्च बचत हुने देखिएको छ ।
राजश्व संकलन ९३.३३ प्रतिशत
सरकारले चालु आवमा लक्ष्य भन्दा बढी राजश्व उठाउने भएको छ । चालु आव सकिन करिव १ महिना बाँकी रहदा ९३.३३ प्रतिशत राजश्व संकलन भएको महालेखाले जनाएको छ । जेठ अन्तिमसम्म सरकारले ५ खर्ब २८ अर्ब १५ करोड रुपैयाँ राजश्व परिचालन गरेको छ । चालु आवमा सरकारले ६ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । अब लक्ष्य भन्दा झण्डै ३० अर्ब रुपैयाँ राजश्व संकलन हुने भएको छ