बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • दैलेखमा बस दुर्घटना ११ जनाको मृत्यु, १६ जना घाइते
मुख्य खबर

दैलेखमा बस दुर्घटना ११ जनाको मृत्यु, १६ जना घाइते

  • सिधा दृष्टी बुधबार, जेष्ठ ३१, २०७४ | June 14, 2017

काठमाडौं । दैलेखको आठवीस नगरपालिका–४, नैनाल भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १० जनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामका पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षीय शिव नेपाली, उनकी छोरी १० वर्षीया रूपा, तुर्माखान गाउँपालिका ३ का २५ वर्षीय धिरेन्द्र विसी, कालिकोटको रास्कोट

नगरपालिका ७ का ४० वर्षीय युवराज साही, वडा नम्बर ५ का २५ वर्षीय धर्मराज साही, २३ वर्षीय वर्षीय प्रकाश साही, वडा ६ की २१ वर्षीया कविता साही र शान्ति त्रिवेणी गाउँपालिका ५ का २५ वर्षीय प्रकाश साही रहेका छन् ।
तीन जनाको सनाखत हुन सकेको छैन । उनीहरू मध्ये दुई महिला र एक पुरूष रहेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।
बस करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय