बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • लन्डन घटना इस्लाम धर्मविरोधीमाथि छुरी हान्न आइएसआइएसले दिएको निर्देशनको परिणाम
अन्तराष्ट्रिय

लन्डन घटना इस्लाम धर्मविरोधीमाथि छुरी हान्न आइएसआइएसले दिएको निर्देशनको परिणाम

  • सिधा दृष्टी आइतवार, जेष्ठ २१, २०७४ | June 4, 2017

काठमाडौं । बेलायतको लन्डन ब्रिजमा भएको पछिल्लो आतंककारी हमलामा कुख्यात आतंकवादी संगठन आइएसआइएसको हात रहेको समाचार विभिन्न सञ्चार माध्यमले दिएका छन् । एक जना पुलिस अफिसरका अनुसार हमला गर्नुभन्दा एक दिनअघि शनिबार आइएसआइएसले एउटा म्यासेजिंग एप्समार्फत आफ्ना अनुयायीलाई हमला गर्नका लागि आह्वान गरेको थियो ।

समाचारअनुसार आइएसले आफ्ना प्रशंसकहरूलाई निर्देशन दिँदै भनेको थियो, ‘‘अब मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ । त्यसैले अब सबैले ट्रकहरू, छुरीहरू र बन्दुकले मानिसमाथि हमला सुरु गर्नुपर्छ । यस्तो हमला त्यस्ता व्यक्तिहरूविरुद्ध

हुनुपर्छ, जो इस्लाम धर्मविरोधी छन् ।’’

हमला गर्नेहरूले अल्लाहको नाम लिँदै मानिसहरूमाथि आक्रमण गरेका थिए ।
समाचारमा जनाइएअनुसार शनिबार राति जसरी लन्डनमा हमला भयो, त्यस्तै र त्यही शैलीका हमलाहरू विगतमा बर्लिन, ब्रसेल्स र पेरिसमा पनि भएका थिए । बाह्रखरी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय