बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पालेको भरमा दुर्गम बाजुराको विद्यालय
मुख्य खबर

पालेको भरमा दुर्गम बाजुराको विद्यालय

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १९, २०७४ | June 2, 2017

बाजुरा  । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् ।
सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए । परीक्षा सकिएपछि चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी घर हिँडेको स्थानीयवासीले बताएका छन् । कुनै

पनि शिक्षक विद्यालयमा नफर्केपछि विद्यालयका पाले धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गर्नुभएको थियो ।
शिक्षकको लापरबाही यतिमै सीमित छैन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पु¥याउनुपर्ने हो तर यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर पाएका छैनन् ।
सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी पाँच शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शङ्कर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ । शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेको बताइएको छ तर रेग्मी सम्पर्कमा आउनु भएन । अन्य शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताउनुभयो ।
शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोतव्यक्तिको हो । त्यस क्षेत्रका स्रोतव्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी छ । उहाँले पनि शिक्षकको लापरबाहीलाई सामान्यरूपमा लिएको देखिएको छ ।
प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उहाँको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउनुहुन्छ ।विद्यालयको सेवा क्षेत्रका अभिभावक अप्ठ्यारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घन्टा टाढा पर्छ ।  कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् ।
जिल्ला शिक्षा कार्यालयका कर्मचारीले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्तता बढेको आरोप विगतदेखि नै लाग्दै आएको छ । बूढीनन्दा प्राविकै अध्यक्ष बोहराले दुई घन्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई एकपटक जबर्जस्ती बोलाउँदा पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै नआए्को बताउनुभयो । विद्यालयका प्रधानाध्यापक र स्रोतव्यक्तिको लापरबाहीका कारण जिल्लाका कतिपय विद्यालय खुल्न सकेका छैनन् भने कतिपय विद्यालयमा पाठ्यपुस्तक नै पुगेका छैनन् । रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय