बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण
मुख्य खबर

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

  • सिधा दृष्टी सोमवार, जेष्ठ १५, २०७४ | May 29, 2017

सोल। उत्तर कोरियाले फेरि अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ। सो मिसाइल उत्तर कोरियाकातर्फबाट जापानी सागरमा खसेको छ। उत्तर कोरियाको यो लगातार तेस्रो हप्तामा यो तेस्रो मिसाइल परीक्षण भएको बीबीसीले जनाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार जापानी सागरमा खस्नु पहिला सो मिसाइल उत्तर कोरियाको समुन्द्री तटदेखि ४५० किलोमिटर माथि हावामा थियो।
अन्तर्राष्ट्रिय दबाबकाबीच उत्तर कोरिया लगातार मिसाइल परीक्षण गरिरहेको छ र यो यसको नवौं मिसाइल परीक्षण हो।
दई हप्ता पहिला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो। उक्त मिसाइल

परीक्षणपछि  उत्तर कोरियाले भनेको थियो, ‘यो अगल क्षमता भएको मिसाइल हो, जुन परमाणु हतियार लैजान सक्षम छ।’
जापानका प्रधानमन्त्री सिन्जो आबेले केही समय अगाडि जी–७ शिखर सम्मेलनमा उत्तर कोरियाको परमाणु कार्यक्रमप्रति चिन्ता व्यक्त गरेका थिए। आबेले भनेका थिए, ‘उत्तर कोरियालाई बारम्बार  उक्साउने कारवाही रोक्न जापान अन्य मुलुकसँग मिलेर काम गर्न तयार छ।’
केही सयम अगाडि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न चेतावनी दिएको थियो। सुरक्षा परिषदले जोड दिँदै उत्तर कोरियालाई तत्काल प्रतिबद्धता देखाउँदै परमाणु हतियारबाट आफूलाई अलग गर्न चेतावनी दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनसँग उत्तर कोरिया विरुद्ध कडा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए। साथै ट्रम्पले उत्तर कोरियाका विरुद्ध सैन्य कारवाही गर्न सकिने संकेत गरेका थिए। तर अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले सैन्य कारवाही विनासकारी हुने बताएका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय