बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • भीषण बर्षापछि आएको पहिरोमा परी तेह्र जनाको मृत्यु
अन्तराष्ट्रिय

भीषण बर्षापछि आएको पहिरोमा परी तेह्र जनाको मृत्यु

  • सिधा दृष्टी आइतवार, जेष्ठ १४, २०७४ | May 28, 2017

कोलम्बो । श्रीङंकाको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन्। 
कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन्। दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पनि पठाइएको छ।

घटनास्थलमा अहिले पनि पानीको मात्रा बढीरहेको र उद्धार कार्यमा कठिनाई भइरहेको उद्धारमा खटिएकाहरुले बताएका छन्। सिन्ह्वा

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय