बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

ओझेलमा कालिका भगवती मन्दिर

  • सिधा दृष्टी बुधबार, जेष्ठ १०, २०७४ | May 24, 2017

भूमिराज जोशी 
डोटी—डोटीको पूर्वीचौकी गाउ“पालिका ७ मा साबिकको पोखरी गाविस सलेनामा अवस्थित कालिका भगवती मन्दिर मर्मत गर्नका लागि श्रोत साधन अभावका कारणले ओझेलमा पर्दै गएको छ ।
७० बर्षीया स्थानीय रण बहादुर खड्काले यो ऐतिहासिक मन्दिरको परिसर तथा मन्दिर नै जीर्ण बन्दै गएको बताए । उनले भने, ‘मन्दिर निर्माण गर्नका लागि हामीले गाविस तथा जिल्लामा पहल ग¥या,ै तर कतैबाट पनि यसको सुनुवाइ भएन ।’ ७० बर्षीया स्थानीय रण बहादुर खड्काले

बताए । उनले मन्दिर करिब पूर्वीचौकी गाउ“पालिकाकै ठूलो मन्दिर भएको बताए । उनले भने, ‘यो मन्दिरको संरक्षणका लागि धेरै निकायसंग हार गुहार ग¥यौं तर कतैबाट पनि सहयोग प्राप्त भएको छैन ।’
गाउ“मा चन्दा संकलन गरेर मन्दिरको वरपर घेरे पनि त्यसले पुरै संरक्षण गर्न नसकिएको स्थानिय रणबहादुरले बताए । त्यसैको लागि आफूहरुले पहल गरिरहेको उनले जानकारी गराए ।
‘हामीलाई मठ मन्दिरको धेरै आस्था हुन्छ । त्यसैले हामी आफ्नो घरको भन्दा पनि मन्दिरको सरसफाइमा बढी ध्यान दिन्छौं ।’ तर यो पुरानो मन्दिर भएकोले अवस्था नाजुक बन्दै गएको १०८ बर्षीया बृद्ध दल बहादुर खड्काले बताए ।
गाउ“कै सबैभन्दा पुराना पीपल उनै दलबहादुरले मन्दिरमा रोपेका हुन् । मन्दिरको बिचको त्यो ठूलो पीपललाई देखाउ“दै दल बहादुरले भने, ‘मैले यो पीपल ९० बर्ष अगाडी लगाएको हु“ । अहिले यसको संरक्षण गर्न नसक्दा ओइलिने अवस्थामा छ ।’
दलबहादुरले भने, ‘म यो पीपल भन्दा जेठो, फेरी पनि तन्नेरी छु, तर म भन्दा कान्छो यो रुख ओइलिन लागि सक्यो ।’ जतिबेला मैले यो पीपललाई रोपे । त्यतिबेला मलाई गाउ“का दाजुभाईले खासै रुचाएनन् । यो मन्दिरमा ल्याएर यो रुख के चाहियो भन,े तर मैले जबरजस्ती रोपे । त्यसपछि बिस्तारै हुर्कदै गयो । त्यसपछि सबैलाई शीतलता प्रदान गर्दै गयो । अनि यसको महत्व सबैले बुझ्दै गए । अनि मात्र मैले गाउ“का दाजुभाईबाट स्याबासी पाए । त्यतिबेला देखिकै मेरो योगदान छ यो मन्दिरमा । उनले सम्झ“दै भने ।
बिशेष गरी बर्षको दुई ठूला दशैं (बडा दशै र चैते दशैं) हरुमा मेला लाग्ने गर्छ । त्योसंगै बिभिन्न तिथीहरुमा पनि यसको महत्व बटुलेर टाढाबाट पनि पुजा“आजा गर्न आउ“छन यो मन्दिरमा । ‘यहा“ दशैको समयमा मात्र होइन अन्य समयमा पनि अन्य पर्वहरुमा पनि मेला लाग्ने गर्छ ।’ स्थानीय कुबेर बहादुर खड्काले भने, ‘जिल्लाकै प्रमुख मन्दिरहरुको एक हो यो मन्दिर पनि । यहा“ विभिन्न पर्वमा दर्शकहरुको भिड लाग्ने गर्छ ।’ उनले भन,े ‘जसरी यो मन्दिरमा दर्शकको भिड लाग्छ त्यसरी संरक्षण गर्न भने सकेका छैनौं ।
श्रोत अभावका कारण बर्षेनी कालिका भगवती मन्दिर पुरानो हु“दै गएको छ । यो मन्दिर जीर्ण बन्दै जानु जिल्लाकै लागि एउटा सम्पदाको विनास हुनु हो । जिल्लाका मठमन्दिर तथा प्राकृतिक साधनहरुको संरक्षणमा सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय