मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रधानमन्त्रीको राजीनामाबारे मिश्रित प्रतिक्रिया
फिचर न्युज 1

प्रधानमन्त्रीको राजीनामाबारे मिश्रित प्रतिक्रिया

  • सिधा दृष्टी बुधबार, जेष्ठ १०, २०७४ | May 24, 2017

काठमाडाै–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट देशबासीको नाममा सम्बोधन गर्दै नेपाली काँग्रेससँग भएको पूर्वसहमति अनुसार प्रधानमन्त्री पदबाट राजीनामा गर्नु भएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्र्पति समक्ष भेटेर राजीनामा पत्र बुझाउने पनि प्रष्ट पार्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डको राजीनामा स्वीकृत गरिसकेको बताइएको छ।
आफ्नो दश महिने कार्यकाल अन्त्य गर्दै प्रचण्डले नेपाली कांग्रेससँगको "भद्र सहमति" अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।
उनले राजीनामा दिएपछि सामाजिक सञ्जालमा उनको प्रशंसा र आलोचना गर्दै प्रतिक्रिया व्यक्त

भएका छन्।
प्रचण्डका पूर्व राजनीतिक सहयात्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रचण्डको राजीनामापछि देशमा राजनीतिक अस्थीरता नलम्बियोस् भन्ने कामना गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, "प्रमको अपेक्षित राजीनामा पछि राजनीतिक अन्योल र अस्थीरता नलम्बियोस्! सबैले सुझबुझसाथ काम गरून्! सबैको जय होस्!"
प्रमको अपेक्षित राजीनामा पछि राजनीतिक अन्योल र अस्थीरता नलम्बियोस्! सबैले सुझबुझसाथ काम गरून्! सबैको जय होस्
बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति नेपाल
पूर्व सचिव कृष्ण ज्ञावालीले चाहिँ प्रचण्डले देशवासीका नाममा गरेको सम्बोधनबाट आफू प्रभावित भएको टिप्पणी गरेका छन्।
ज्ञावालीले ट्वीटरमा टिप्पणी गरेका छन्, "उनको सम्बोधनमा कुनै पनि कुरा रित्तो र भद्दा लागेन। उनले आफ्नो शिर माथि उठाउँदै सत्ता छोडे। प्रचण्डलाई राजीनामाको लागि धन्यवाद।"
आलोचना
सामाजिक सञ्जालमा प्रचण्डको आलोचना गर्नेहरुको पनि कमी छैन।
राजनीति शास्त्री कृष्ण पोखरेल ट्वीटरमा लेख्छन्, "भद्र सहमतिको अभद्र उल्लंघनको नेपाली राजनीतिक परम्पराको आज क्रमभंग भो! आफैंबाट शुरूभएको त्यो परम्पराको आफैंले अन्त्य गरे प्रचण्डले! क्याबात!!"
फेसबुकमा बिपेन्द्र कार्की लेख्छन्, "प्रधानमन्त्री प्रचण्डले नैतिकता देखाएको यो पहिलो पटक हैन, सेनापति प्रकरणमा गल्ती गरे पनि नैतिकताकै आधारमा उनले राजीनामा दिएका हुन्।"
तर रुपक डी शर्मा फेसबुकमा लेख्छन्, "जे देखिन्छ त्यही भनौ: प्रचण्डले आफूलाई भरोसा गर्न योग्य नेता भनी आफूलाई स्थापित गरिदिएका छन्।"

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय