काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् ।
सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसमक्ष आत्मसर्पण गरेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलना गर्दै ओली पनि सोही बाटोमा अघि बढेको टिप्पणी गरे ।
‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरू पनि देखिएका छन्,’ ओलीलाई लक्षित गर्दै
प्रचण्डले भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सकाए, हिटलरले आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी मान्थे ।’अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘विचित्रको आएको’ भन्दै आफ्नो असन्तुष्टि पनि प्रकट गरे । उनले निवदेकले दाबी नै नगरेको विषयमा अदालतले फैसला सुनाएको आरोप लगाए । ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो,’ उनले भने, ‘दुई दल बनाउने दाबी निवेदकको थिएन ।’
प्रचण्डले जनता प्रतिगमनविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । देशमा प्राप्त उपलब्धि सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्ने कुरामा उनले जोड दिए । उनले आफ्नो बाँकी जीवन देश विकासका लागि हुने पनि बताए ।
पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।
बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि
काठमाडौं । प्रसिद्ध उद्योगी व्यवसायी एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस
काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्
काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता
काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का
कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक
काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।