• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख १०, २०७८ | Friday 23rd April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ‘बलात्कृत हुन’ चितवनबाट स्कुटी चढेर पोखरा !
भर्खरै

‘बलात्कृत हुन’ चितवनबाट स्कुटी चढेर पोखरा !

  • सिधा दृष्टी बुधबार, चैत्र २५, २०७७ | April 7, 2021
yoho2

सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारी अहिले प्रहरीको थुनामा छन् । केही दिनअघिसम्म पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा ब्यवस्थापन शिक्षालयका प्रमुख रहेका उनी बेला–बेलामा आउजाउ गर्ने महिलालाई बलात्कार गरेको आरोपमा थुनामा परेका हुन् । प्राप्त जानकारीअनुसार गत असार ३१ गते बुधबार बिहान ९.१५ बजे ती महिला स्कुटी चढेर एसएसपी अधिकारीलाई भेट्न सशस्त्र प्रहरीको ब्यारेक पुगेकी थिइन् । उनी ब्यारेकको गेटमा पुग्दा एसएसपी ब्यारेकबाहिर थिए । गेटमा ड्युटी बसेका प्रहरीले ‘कसलाई भेट्न आउनुभएको ? इन्ट्री गर्नुपर्छ’ भन्दा उनले

Real Shoes 1

आफू ‘एसएसपी साबको गेष्ट’ भएकाले खातामा इन्ट्री गर्नु नपर्ने जवाफ दिएकी थिइन् । उनलाई भित्र लगी चिया खुवाएर राख्दै गर्नका लागि गेटमा बसेका प्रहरीलाई एसएसपीको फोन आएपछि हाकिमसा’बको अतिथिका रूपमा उनलाई ससम्मान ब्यारेकभित्रको एसएसपी निवासमा लगिएको थियो ।

जानकारीअनुसार ती महिला चितवनबाट स्कुटर चढेर एसएसपीलाई भेट्न पोखरा पुगेकी थिइन् । पहिला पनि पटक–पटक आउजाउ गर्ने तिनी पुगेको करिव १५ मिनेटपछि एसएसपी आफ्नो निवास फर्किएका थिए । केही क्षण बैठक कक्षमा बसेपछि स्न्याक्सहरू मगाएर दुवैले बिहानैदेखि ड्रिङ्क सुरु गरे । त्यसअघि पनि एसएसपी बेला–बेलामा बिहानैदेखि ड्रिङ्क गर्ने गर्थे । खान सुरु गरेको करिव चार घण्टापछि उनीहरूबीच झगडा भयो । भित्र ठूलो–ठूलो स्वरले कराएको आवाज बाहिर सिपाहीहरूले सुने, तर हाकिमले नबोलाई बेडरुममा जाने हिम्मत गरेनन् । केही छिनपछि कम्पाउण्डमा एक्कासी नेपाल प्रहरीका अधिकारीहरूलाई देखेर उनीहरू छक्क परे । प्रहरीहरू ‘घटना कहाँ भएको हो ?’ भन्दै पुगे पनि सशस्त्रका सिपाहीहरूलाई घटनाको बारेमा केही थाहा थिएन । नेपाल प्रहरीका अधिकारीहरू पुग्दा बेडरुममा महिला एक्लै थिइन् ।

वरिपरि स्नयाक्सका प्लेट, केही फुटेका र केही नफुटेका ग्लासहरू थिए । ओछ्यान लथालिङ्ग थियो । प्रहरीले ‘बलात्कृत भएको तपाईं नै हो ?’ भनेर सोधे । ती महिलाले हडबडाएर ‘हो’ भनिन् । प्रहरीहरूलाई देखेर उनी आत्तिएजस्तो देखिन्थिन् । त्यसपछि एसएसपीको खोजी सुरु भयो । भित्र कोठाहरूमा, खाटमुनि उनी कतै भेटिएनन् । गेटबाट उनी बाहिर निस्किएका थिएनन् । केहीबेरको खोजीपछि उनी ब्यारेक पछाडिको झाडीमा लडिरहेको अवस्थामा भेटिए । प्रहरीले उठाएर दुवैलाई बलात्कारपछि गरिने स्वास्थ जाँचलगायतको कार्वाही प्रक्रिया सुरु ग¥यो ।

महिलाले प्रहरीमा फोन गरेर आफू सशस्त्र प्रहरीका एसएसपीबाट बलात्कृत भएको बताएपछि नेपाल प्रहरीको टोली ब्यारेक पुगेको थियो । बिहान ९.१५ मा ब्यारेक पुगेकी उनले २.३० मा प्रहरीलाई फोन गरेकी थिइन् । प्रहरी पुगेपछि भने उनी झस्किएको र मुद्दा दर्ता गर्न सुरुमा नमानेको श्रोतले बताएको छ । उनको स्वास्थ्य जाँचमा शरीरमा चोटपटक, निलडाम या जबर्जस्ती गर्दा हुने नङले चिथोरिने जस्ता सङ्केत–चिन्ह दुबैको शरीरमा देखिएको थिएन । घटनास्थलबाट प्रहरीले यौन उत्तेजना बढाउने औषधीको तीन वटा ट्याब्लेटका खोल पनि बरामद गरेको थाहा भएको छ ।

खाँदै जाँदा महिलाले पैसाको कुरा गरेको र कुरा नमिलेपछि झगडा हुँदा पीडक भनिएका एसएसपीले महिलालाई ‘मलाई बार्गेनिङ गर्ने ?’ भनेर पिटेपछि घटनाले आपराधिक रूप लिएको थाहा भएको छ । सुरुमा महिलाले १० लाख माग गरेको, एसएसपीले म त्यत्रो पैसा दिन सक्दिनँ भनेर ५ लाख दिन्छु भनेको, दराजबाट ५ लाख नगद निकालेको तर महिलाले नमानेपछि बाँकी पैसा खोज्न जान्छु भनेर एसएसपी बाहिर निस्कन खोज्दा मदिराका कारण झाडीमा लडेको र लडेपछि उठ्न नसकेको बताइएको छ । यता महिलाले एसएसपी बाहिर निस्किएपछि पटक–पटक फोन गरेको तर फोन अफ भएपछि उनी भागेको ठानेर थप आक्रोशित भएको बुझिन्छ ।

बलात्कृत भनिएकी ती महिलालाई पनि प्रहरीले एक दिन राखेर सोधपुछ गरेको थियो । विवाहित ती महिलालाई अभिभावक बोलाउनका लागि आग्रह गर्दा उनले घटनाको बारेमा आफ्नो परिवारले जानकारी पाउन नहुने बताएकी थिइन् । प्रहरीले गत बिहीबार छोडेपछि उनी स्कुटरमै आफ्नो घर चितवन फर्किएकी छिन् । यता एसएसपीलाई बलात्कारको मुद्दाको तयारी भइरहेको छ । पक्राउ परेको दिन नै ‘आत्महत्या गर्छु’ भनेपछि उनलाई कडा निगरानीमा राखिएको छ । अदालतले बलात्कार प्रमाणित गरेमा उनले १० वर्ष जेल बस्नुपर्ने छ ।

नियमित जस्तो मदिरा सेवन गर्ने एसएसपी अधिकारी विगतमा पूर्वी टिमोरमा शान्ति मिसनमा रहेका बेला पनि यस्तै प्रकारको विवादमा मुछिएका ब्यक्ति हुन् । घटना हुँदा उनको काठमाडौं सरुवा भइसकेको थियो । केही महिनापछि उनले सेवाबाट अवकाश पाउँदै थिए । ‘बन्दाबन्दी’का बेला उनकी पत्नी र छोरा पोखरा गएर दुई महिना उनीसँगै बसेका थिए । उनकी पत्नी एउटा प्रतिष्ठित बैंकको उच्च तहमा कार्यरत छिन् भने छोरी विदेशमा अध्ययनरत छिन् । सशस्त्र प्रहरीको उच्च ओहदामा पुगेका ब्यक्तिले ब्यारेकमा बाहिरबाट महिलालाई बोलाई सम्बन्ध राख्नु आफैंमा अनैतिक कार्य हो । यो घटनाको आन्तरिक मात्रै छानविन भएको भए पनि संस्थालाई अनैतिक कार्यमा प्रयोग गरेकोमा उनी कार्वाहीका भागीदार हुन् । यसप्रकारका मुद्दालाई बलात्कार भन्न मिल्छ मिल्दैन– अदालतले निर्णय गर्ला, तर सम्बन्धमा ‘बार्गेनिङ’ नमिलेका घटनालाई बलात्कारको संज्ञा दिन थालियो भने ‘बलात्कार भनेको यस्तै त हो नि’ भन्ने मान्यता स्थापित भइ वास्तविक बलात्कारका घटनामाथि अन्याय हुने खतरा बढ्ने छ । यस्ता घटनामा महिलाले झुठ बोलेको प्रमाणित भयो भने उनलाई के–कस्तो कार्वाही हुन्छ भन्ने विषयमा भने कानून मौन छ ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पीसीआर पोजेटिभ भएकाहरूले नेगेटिभ रिपोर्ट बनाउँदै धमाधम उडान

पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
व्यापक विरोधपछि पुलमा लगाइएको कर हटाइयो

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश

काठमाडौं ।  प्रसिद्ध उद्योगी व्यवसायी  एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली कस्मेटीक बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति ४० लाख धरौटीमा छुटे

 काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं छोड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भिड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
कोभिड विरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारको टिकटमा २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
भरुवा बन्दुकसहित एक पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हटाइने

काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ५ घन्टा अघि