• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख १०, २०७८ | Friday 23rd April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हुलाकी राजमार्गको तीन किलोमिटर कालोपत्रे हुन सकेन
भर्खरै

हुलाकी राजमार्गको तीन किलोमिटर कालोपत्रे हुन सकेन

  • सिधा दृष्टी शनिबार, चैत्र २१, २०७७ | April 3, 2021
yoho2

पर्सा । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

तीसतीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ वटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना

Real Shoes 1

अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदानमा निर्माण भएको हो । सो सडकअन्तर्गत पहिलो प्याकेजमा वीरगञ्जदेखि चमरी टोलसम्म ३० किलोमिटर र दोस्रो प्याकेजमा चमरी टोलदेखि ठोरीसम्म ३० किलोमिटर गरी जम्मा ६० किलोमिटर लम्बाइ रहेको छ ।

विवादको कारण अहिले सो सडकमा ठोरी चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ सम्म जम्मा २७ किलोमिटर भागमा कालोपत्रे गरिएको छ भने तीन किलोमिटर सडकखण्डको मध्य भागमा २३ वटा सालको पुरानो रुख रहेको र सो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो सडकखण्डमा पिच हुन नसकेको सो कार्यालयका प्रतिनिधि रामनाथ चौधरीले बताए ।

“ठोरी गाउँपालिका वडा नं १ र २ मा रहेको रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकमा पिच हुन नसकेको हो”, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले भने ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मणिनाथ बरालसँग सम्पर्क गर्दा उनले बीच सडकमा परेको रुख काट्ने निर्णय निकुञ्जले गर्न नसक्ने बताए । त्यसको लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको उनले बताए । बीच सडकमा रहेको रुख हटाउन नसकिदा त्यस क्षेत्रमा सवारी आवागमनमा कठिनाइ भई दुर्घटनासमेत निम्त्याउने ठोरीवासीको भनाइ छ ।तीन किलोमिटर सडकमा कालोपत्रे नगरिकनै सो सडक भारतीय कन्सलटेन्सीले हुलाकी राजमार्गलाई हस्तान्तरण गरेपछि त्यसको विरोध हुन् थालेको छ । भारतीय कन्सलटेन्सीका इञ्जिनीयर नुर आलमले हतारमा सो अधुरो सडक हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीलाई हस्तान्तरण गरी संयुक्तरुपमा उद्घाटनसमेत गरिसकिएको छ ।

चमरी टोलदेखि ठोरीसम्मको सडक निर्माण गर्ने ठेक्का कालिका बानियाँ जेभी कम्पनीले पाएको हो । सो अधुरो सडक हस्तान्तरण भएको विरोधमा ठोरीका बासिन्दा आन्दोलनमा उत्रेर निकुञ्ज मातहतको कार्यालयमा तालाबन्दी गरेका छन् ।

जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत निर्मलबस्ती ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेलले बताए ।ठोरीदेखि चितवनको माडीसम्म १४ किलोमिटर हुलाकी सडकमा अहिले ग्राभेल गरिएको छ । सो खण्डमा दैनिकजसो ठूला तथा सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । कालोपत्रे भएको हुलाकी सडकको छेउछाउको जग्गाको मूल्य अहिले आकासिएको छ ।

विगत आठ वर्षअघिसम्म मानिसलाई वीरगञ्जबाट ठोरी जान करिब चार घण्टा जति लाग्ने गथ्र्यो भने अहिले हुलाकी सडक बनेपछि एक घण्टामै ठोरी पुग्ने गरेको स्थानीय विजय पण्डितको भनाइ छ ।

ठोरीदेखि चितवनको माडीसम्म ग्राभेल सडकमा यातायातका सवारी साधन चल्न थालेपछि मानिसलाई ठोरी माडीसम्म आवतजावत गर्न सजिलो भएको छ ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पीसीआर पोजेटिभ भएकाहरूले नेगेटिभ रिपोर्ट बनाउँदै धमाधम उडान

पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
व्यापक विरोधपछि पुलमा लगाइएको कर हटाइयो

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश

काठमाडौं ।  प्रसिद्ध उद्योगी व्यवसायी  एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली कस्मेटीक बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति ४० लाख धरौटीमा छुटे

 काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं छोड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भिड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
कोभिड विरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारको टिकटमा २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
भरुवा बन्दुकसहित एक पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हटाइने

काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ५ घन्टा अघि