एजेन्सी । टिकटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको छ ।
बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा प्रोग्रामलाई अमेरिकामा विस्तार गरिने युट्युबले जनाएको छ ।यसअघि युट्युबको टिकटक भनिने शर्टको भारतमा परीक्षण भएको छ । अहिले विश्वभरकै प्रयोगकर्ताहरुले यो प्लाटफर्मका सामग्रीहरु हेर्न पाउने भएपनि भारत र अमेरिका बाहेकका प्रयोगकर्ताले त्यसमा भिडियो बनाएर पोस्ट गर्न भने सक्दैनन् ।
युट्युबका अनुसार प्रयोगकर्ताले शर्टमा आफ्ना मोबाइल फोनबाटै छोटो तथा आकर्षक भिडियोहरु खिच्न सक्दछन् ।
शर्टमा प्रयोगकर्ताले भिडियो क्लिपहरु आपसमा जोड्न, म्युजिक हाल्न र ह्याण्डस फ्रिमा टाइमर र काउन्टडाउनसहित भिडियो रेकर्ड गर्न सक्दछन् । अर्थात् टिकटकमा हाल उपलब्ध सबैजसो फिचरहरु शर्टमा उपलब्ध छन् ।
बिहीबार युट्युबले शर्टमा रहेको नयाँ टुल्स सार्वजनिक गरेको छ । जसबाट प्रयोगकर्ताले शर्टमा रहेका विभिन्न भिडियोहरुबाट अडियो मात्र निकालेर आफूले तयार पारेका भिडियोमा रिमिक्स गर्न सक्नेछन् । साथै आफूले सिर्जना गरेका त्यस्ता भिडियोका बीचबीचमा अक्षरहरु पनि लेख्न सकिन्छ ।
टिकटकको लोकप्रियताका बाबजुत अमेरिका र चीनबीचको व्यापार युद्धका कारण अमेरिकामा टिकटकको भविष्य माथि प्रश्नचिन्ह खडा भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले टिकटकका प्रतिरुपहरु घोषणा गरिरहेका छन् ।
इन्स्टाग्रामले अमेरिका र अन्य मुलुकहरुमा टिकटकजस्तै भिडियो शेयरिंग प्लाटफर्म रिल्स लञ्च गरेको छ भने स्नापच्याटले स्पटलाइन फिचर सुरु गरेको छ । त्यस्तै टिकटकको अर्को अमेरिकी प्रतिस्पर्धी डब्सम्यासलाई रेडिटले गत वर्ष खरिद गरेको थियो ।
युट्युब शर्टस्का प्रमुख टोड शेम्र्यानका अनुसार कम्पनीले सिर्जनामा रहेका अड्चनहरु हटाउने कोसिस गरिरहेको छ । यसले नयाँ पुस्ताका प्रतिभाहरुलाई दर्शक श्रोता फेला पार्न सहयोग गर्नेछ ।
पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।
बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि
काठमाडौं । प्रसिद्ध उद्योगी व्यवसायी एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस
काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्
काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता
काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का
कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक
काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।