एजेन्सी । विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ ।
बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्ः सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत
निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।
गुगलले यहीँ वर्ष आफ्नो मूल थलो क्यालिफोर्नियामा १ अर्ब डलर लगानी गर्नेछ । त्यस्तै एटलान्टा, वासिंटन डिसी, शिकागो र न्युयोर्कका कार्यालयहरु समेत विस्तार गर्ने योजना गुगलको छ ।
गुगलले न्युयोर्कसिटी स्थित कार्यालय विस्तारमा यही वर्ष २५ करोड डलर लगानी गरी कर्मचारीको संख्या ३ हजार थप गर्नेछ ।
स्मरण रहोस् महामारीका कारण आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने नियम तय गरेका सिलिकन भ्यालीस्थित दिग्गज कम्पनीहरुले पछिल्लो समेत अफिस स्पेस विस्तारमा उल्लेख्य लगानी गर्न थालेका छन् ।
यसअघि फेसबुकले आरईआई कम्पनीको स्वामित्वमा रहेको प्रयोगविहीन अवस्थाको भव्य कार्यालय भवन खरिद गर्ने बताएको थियो ।
त्यस्तै अमेजनले अमेरिकाका विभिन्न सहरमा गरी ३५ सय नयाँ कर्मचारी भर्ना गर्ने र अमेरिकाका विभिन्न सहरमा रहेका कार्यालयको क्षेत्रफल वृद्धि गर्ने घोषणा गरिसकेको छ ।
पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।
बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि
काठमाडौं । प्रसिद्ध उद्योगी व्यवसायी एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस
काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्
काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता
काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का
कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक
काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।