• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख १०, २०७८ | Friday 23rd April 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाबाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च
भर्खरै

कोरोनाबाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २०, २०७७ | March 4, 2021
yoho2

एजेन्सी। कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ ।

इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरीबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।

इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख

Real Shoes 1

पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।

प्रतिशतको हिसाबले ९।४ प्रतिशत व्यक्ति र ७।७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटलीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।

सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ । सन् २०११ पछि यो दर बढेपछि इटालीले चरम आर्थिक सङ्कटको सामना ग¥यो र त्यसबेलादेखि तुलनात्मक रूपमा सामान्य वृद्धि हुँदै आएको थियो ।

तथ्याङ्क अनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो । इटली कोरोनाभाइरस महामारीको कारणले अत्यधिक ग्रस्त यूरोपको पहिलो मुलुक हो ।

कोभिड–१९ का कारण इटलीमा करिब एक लाख नागरिकले ज्यान गुमाएका छन् । गत वर्ष दोस्रो विश्वयुद्धपछि इटलीले सबैभन्दा खराब मन्दीको सामना गरेको छ । ‘स्टाट’ले भनेको छ, “इटलीको औसत कूल गार्हस्थ उत्पादन सन् २०२० मा घटेर झण्डै चार लाख ५० हजार अर्थात् नौ प्रतिशतले घटेको र यसका कारण प्रायः महिला, युवा कामदार तथा स्वरोजगार नागरिकले रोजगारी गुमाएका छन् ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पीसीआर पोजेटिभ भएकाहरूले नेगेटिभ रिपोर्ट बनाउँदै धमाधम उडान

पछिल्लो समयमा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा पिसिआर रिपोर्ट पोजेटिभ भएका व्यक्तिहरूलाई नेगेटिभ रिपोर्ट बनाउँदै गन्तव्यतर्फ उडाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो गिरोहमा ट्राभल एजेन्सी, ल्याब र मानवतस्करी गर्ने व्यक्तिहरू सक्रिय रहेको देखिएको छ ।

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
व्यापक विरोधपछि पुलमा लगाइएको कर हटाइयो

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालेको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश

काठमाडौं ।  प्रसिद्ध उद्योगी व्यवसायी  एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली कस्मेटीक बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति ४० लाख धरौटीमा छुटे

 काठमाडौं । नाम चलेका कस्मेटीकको खोलमा नक्कली कस्मेटीक बनाएर बिक्री गर्ने कम्पनीका मुख्य व्यक्ति४० लाख धरौटीमा छुटेका छन् । अनुसन्धान पुर्ण भएपछि थप कारबाही अघि बढाउने गरी पक्राउ परेका चेतनाथ गोयललाई धरौटीमा छोडिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं छोड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भिड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन्

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले समाचार छापेकै आधारमा पत्रकारमाथि धरपकड नगर्न आदेश गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले समाचार छापेकै आधारमा कानुन विपरीत हुनेगरी धरपड गर्ने कार्य नगर्न/नगराउन भनी आदेश गरेको

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
कोभिड विरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारको टिकटमा २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकारको टिकटमा कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई २५ प्रतिशत छुट दिने भएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
भरुवा बन्दुकसहित एक पक्राउ

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हटाइने

काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ९ घन्टा अघि