काठमाडौँ । दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ ।
फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।
इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
उक्त मुद्दालाई सर्वोच्च अदालतको
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो ।
उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।
इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने राणाले बताएका थिए।
फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ ।
पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।
आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि
साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।
गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक
काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।
१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा
दोहा । कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।
राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फाइजर
काठमाडौँ । १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।
यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ ।
आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १-० गोलले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो ।
फुलहमलाई जित
राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै