• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुमेको भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको दाबी
भर्खरै

गुमेको भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको दाबी

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021
Bishwokarma5

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।

वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए ।

Real Shoes 1

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्री ओलीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए ।

उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेकोअब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।

नेपाली सेनाको हेलिकप्टरमा आज कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। शिलान्याससँगै उक्त औद्योगिक ग्राम ५ वर्षभित्र निर्माण हुनेछ। यसको लागि ९ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

औद्योगिक ग्रामका लागि वेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको छ। औद्योगिक ग्राममा १२४ प्लटमा साना ठूला गरी ११७ उद्योग स्थापना हुने जनाइएको छ ।

औद्योगिक ग्रामको शिलान्याका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताएका थिए ।

 

 

 

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
एलन मस्ककी प्रेमिकाले तयार पारेको डिजिटल कलाकृति करोडौं डलरमा बिक्यो

एजेन्सी । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ

  • १७ मिनेट अघि
हिपत खबर
भर्खरै
यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

  • २१ मिनेट अघि
हिपत खबर
भर्खरै
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।

सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले

  • २४ मिनेट अघि
हिपत खबर
भर्खरै
दाङको देउखुरीमा बससंग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा

  • २७ मिनेट अघि
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • ३0 मिनेट अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • ३५ मिनेट अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैं

काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
महिला सशत्त र सक्षम नभएको देश सम्बृद्ध नबन्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

  • ३ घन्टा अघि