• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
भर्खरै

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021
Bishwokarma5

मेलम्ची  खोलाको  पानी  काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ ।परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची   खानेपानी   विकास   समितिका   पदाधिकारी   तथा खानेपानीमन्त्री   मणिचन्द्र   थापाले   आज   मेलम्ची   पुगेर   पानी पथान्तरणको  निरीक्षण  गर्ने  कार्यक्रम  रहेको  खानेपानी  मन्त्रालयले जनाएको  छ ।  सो  अवसरमा  मन्त्री  थापाले  समग्र  आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो

Real Shoes 1

११:०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय  गरिएको  छ ।  मेलम्चीमा  सुरुङ  प्रवेशद्वार  (गेट)को  जडान  र फिनिसिङ  सम्पन्न  भएपछि  पानी  पथान्तरण  गर्नुअघि  प्राविधिक टोलीमार्फत  अनुगमन  गरिएको  थियो ।  आयोजनाको  प्रमुख  दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन  गराएर  थप  काम  गर्नुपर्ने  सुझाव  दिएपछि  पथान्तरणका लागि  करिब  दुई  महिना  ढिला  भएको  थियो ।

मेलम्चीको  पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो  चरणमा  सुरुङमा  पानी  पठाएर  होल्ड  (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।गोरखापत्र दैनिकबाट

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
एलन मस्ककी प्रेमिकाले तयार पारेको डिजिटल कलाकृति करोडौं डलरमा बिक्यो

एजेन्सी । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ

  • २ मिनेट अघि
हिपत खबर
भर्खरै
यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

  • ६ मिनेट अघि
हिपत खबर
भर्खरै
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।

सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले

  • ९ मिनेट अघि
हिपत खबर
भर्खरै
दाङको देउखुरीमा बससंग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा

  • १२ मिनेट अघि
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • १५ मिनेट अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • १९ मिनेट अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैं

काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
महिला सशत्त र सक्षम नभएको देश सम्बृद्ध नबन्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

  • ३ घन्टा अघि