काठमाडौं । आज साताको पहिलो दिन आइतवार शेयर बजारमा नेप्से परिसूचक ३ दशमलव ६६ अङ्कले उकालो लागेको छ ।
आज नेप्से ३ दशमलव ६६ अङ्कले बढेर २६ सय ४० अङ्कमा पुगेको हो । आज जलविद्युत् समूहको शेयर ८३ अङ्कले, अन्यको ३९ अङ्कले वृद्धि भएको छ । यस्तै विकास बैंकको २९ अङ्कले, ट्रेडिङको १६ अङ्कले र होटलको १२ अङ्कले बढेको छ । तर जीवन बीमा समूहको शेयर तीन सय ६१ अङ्कले, निर्जीवन बीमा समूहको ८३ अङ्कले र माइक्रोफाइनान्सको ४५ अङ्कले ओरालो
लागेको छ ।
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोड र निफ्राको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज दुई सय सात कम्पनीका दुई करोड ४३ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ। तर बेस्ट फाइनान्स कम्पनी, किसान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरैको दरले गुमाएको छ।
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।
राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध
कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११
शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको जनाइएएको छ।
हालसम्म आगलागी नियन्त्रणमा ल्याउन सफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसबिरुद्धको खोप लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल महाराजगन्ज पुगेर कोरोनाबिरुद्धको खोप लगाउनु हुने भएको छ
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो ।
यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा