एजेन्सी । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् ।
दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर, शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा
गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।
राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेको थियो ।
उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।
हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका थिए ।
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।
राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध
कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११
शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको जनाइएएको छ।
हालसम्म आगलागी नियन्त्रणमा ल्याउन सफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसबिरुद्धको खोप लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल महाराजगन्ज पुगेर कोरोनाबिरुद्धको खोप लगाउनु हुने भएको छ
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो ।
यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा