कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।
गत वर्षको
सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।
विभागको तथ्याङ्कअनुसार सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आब भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा रु एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा रु एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।
कुन महिना कति आयात
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड, पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । हालसम्मकै धेरै माघ महिनामा रु एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ ।
सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।
आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य
आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहनुभएका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।
आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिनुभयो । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो ।
उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट करीब ४५ लाख
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।
राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध
कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११
शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको जनाइएएको छ।
हालसम्म आगलागी नियन्त्रणमा ल्याउन सफल