बागमती : एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए। प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ। सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी
दिए।
प्रदेश–२ को बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो। उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन्।
विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो। रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो। अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो। भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो। अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो। ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो।
आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन्। उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गरेका छन्। स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।
यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो। हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ।
नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ। रासस
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ
ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।
उपचारमा ध्यान
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको
काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण
बलिउड अभिनेताद्वय अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण भएको छ ।
अभिनेताद्वय अर्जुन र नील नितिन दुवैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाकारी दिएका हुन् । नील नितिन मुकेस एक्लै नभई उनका
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत प्रस्थान गर्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किनुभएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह स्वदेश फर्किनुभएका पूर्व श्री ५ को स्वागतका लागि
धादिङ । शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।
एक महिनाभित्र सवारी साधन सञ्चालन
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो ।
पहिलो खेलमा नेपालसंग ९
काठमाडौँ– शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय बन्द भएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको हो ।
विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल झरेको छ ।
यस अघि गत बिहीबार नेप्से परिसूचक