काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा आइतबारदेखि औपचारिक रुपमा आफ्नो वाई सिरिजकाे नयाँ स्मार्टफोन ‘भिभो वाई ट्वेल्भ एस’ उपलब्ध गराएको घोषणा गरेको छ । यसअघि कम्पनीले ५ दिनसम्म प्रि-बुकिङकाे सुविधा दिएकाे छ ।
युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा शक्तिशाली ५ हजार ब्याट्री, साईड–माउन्टेड फिङ्गर प्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ ।
वाई ट्वेल्भ एसले ६.५१ हलो फुलभ्यु डिस्प्ले सहित एचडी रेजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई निर्बाध मनोरञ्जनको अनुभव सुनिश्चित गर्ने
कम्पनीले जनाएको छ । उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी यो फोन निर्माण गरिएको दाबी कम्पनीको छ ।
भिभो नेपालका सीईओ मार्स भन्छन्, “भिभो वाई सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । वाई सिरिजका स्मार्टफोनहरु सधै सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाइएको छ ।”
यो फोनमा शक्तिशाली एआई डुल रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामेरा समर्थित छ ।
भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।
साथै यो ह्याण्डसेटमा राम्रो पर्फरमेन्सका लागि मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ ।
साथै यो डिभाइस एन्ड्रोइड टेनमा आधारित फनटचओएस इलाभेनमा काम गर्दछ । कम्पनीले फोटोग्राफीका लागि भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिएको छ । जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर रहेको छ ।
यस बाहेक फोनको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । भिभो वाई ट्वेल्भ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५.० र ३.५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।
यसका साथै यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री समेत राखिएको छ । कम्पनीले गत अक्टुबरमा भिभो भि ट्वान्टी सार्वजनिक गरेको थियो ।
नेपाली बजारमा याे फाेनकाे मूल्य १७,९९९ रूपैयाँबाट सुरू हुने जनाइएकाे छ ।
सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ ।
कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक
कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।
त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा
काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ९६ रनको
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १स्१५ बजे शुरू हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा
एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ
ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।
उपचारमा ध्यान
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको
काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण